वीरगञ्ज ,१४ जेष्ठ । नेपालमा थप २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । नारायणी कोभिड विशेष अस्थायी अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट मंगलबार राति २१ जना कोरोना संक्रमितहरुलाई निको भएपछि डिस्चार्ज गरिएको छ ।
मंगलबार राति कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराई रहेका ३० जना मध्ये २१ जना निको भएपछि डिस्चार्ज गरिएको विशेष कोरोना गण्डक हस्पिटलका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
अस्पतालमा उपचारपछि निको भएर फर्किनेहरुमा १७ जना पुरुष र ४ जना महिलाहरु छन् । उनीहरु मध्ये १५ महिने बालकसहित तीनजना बालबालिकाहरु पनि छन् ।
उनीहरुको कोरोना परीक्षण गर्दा लगातार दोस्रो पटक नेगेटिभ आएपछि डिस्चार्ज गरि घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।
यो संगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या १७६ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ ।