बिर्तामोड ,१६ जेष्ठ । झापामा शुक्रबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । कोसी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
यो संगै कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय पुगेको छ । झापामा संक्रमितको संख्या १०७ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या १५७ पुगेको छ ।
झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई दुईजना र झापा गाउँपालिका, दमक र भद्रपुर नगरपालिकामा एकएकजना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निका भएर घर फर्किसकेका छन् ।