adv

रोट्र्याक्ट क्लब अफ बिर्तामोडको नयाँ कार्यसमिति गठन

बिर्तामोड,१६ जेष्ठ । झापाको रोट्र्याक्ट क्लब अफ बिर्तामोडको रोटा बर्ष २०२०-२०२१ को लागि अध्यक्षमा रोट्र्याक्टर प्रभास थापा चयन भएका छन् ।

क्लबले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारि लकडाउनका बीच भिडियो कन्फ्रेन्स मार्फत साधारणसभा गरेर नयाँ कार्य  समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष तर्फ रोट्र्याक्टर योगेश लिम्बु ,रोट्र्याक्टर बिबेक शर्मा र बसन्त ढकाल चयन भएका छन् ।  त्यस्तै सचिब तर्फ रोट्र्याक्टर   बाप्पा शाह र सह-सचिब मा रोट्र्याक्टर भूमिका सुब्बा चयन भएका छन् ।  कोषाध्यक्षमा रोट्र्याक्टर आयुष खेतान र सह कोषाध्यक्षमा रोट्र्याक्टर प्रियंका बस्नेतका साथै अन्य २२ जना कार्यसमितिमा चयन भएका छन् ।

थापा यसअघि क्लवको ईलेक्ट  प्रेसिडेण्ट थिए । उनि बिर्तामोड नगरपालिकाका इन्जिनियर हुन् ।

कार्यसमितिमा चयन भएकालाई विभिन्न पदको जिम्मेवारी दिईएको र त्यहि अनुसार आगामी दिनमा अगाडी बढ्ने अध्यक्ष थापाले बताए

विभिन्न पेशामा आबद्द युवाहरुको समूह रोट्र्याक्ट क्लब अफ बिर्तामोडले सामाजिक छेत्रमा काम गर्दै आएको छ र आउने दिनहरुमा पनि यसलाई निरन्तरता दिने थापाको भनाई छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु