adv

मेचीनगरमा कोरोना संक्रमित पुष्टि नभएको स्वास्थ्य कार्यालय झापाको भनाई

काँकरभिभट्टा, १५ जेठ । झापाको मेचीननगगर —७ स्थित प्यारीभिट्टामा नोेवल कोरोना भाइरस काोेभिड १९ को संक्रमित व्याक्ति फेला परेको भन्ने गलत समाचारको भ्रममा नपर्न मेचीनगर नगरकार्यपालिकाको कार्यालयले आम नगरवासीमा आग्रह गरेको छ ।

शुक्रबार भारतको पजलीभित्ताबाट झापाको कचनकवल गाउँँपालिका आएका तीनजना युवामा नोेवल कोरोना भाइरस काोेभिड १९ को संक्रमित फेला परेपछि सर्वसाधारणमा झापाको मेचीननगगर —७ स्थित प्यारीभिट्टा भन्ने हल्लाले नगरवासीमा आतंक फैलिएको भन्दैं नगरवासीलाई गलत समाचार र गलत  प्रचारका पछि नकुद्न नगरप्रमुख विमल आचार्यले आम नगरवासी सवैमा आग्रह गरेका छन्  ।

अहिलेसम्म मेचीनगरका कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको नगर प्रमुख आचार्यको भनाई छ । नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाले समेत झापाको मेचीननगगर —७ स्थित प्यारीभिट्टाका युवामा संक्रमण पुष्टि भन्ने हल्ला गलत र अहिले सम्म नगरक्षेत्रमा कोहि पनि नोेवल कोरोना भाइरस काोेभिड १९ को संक्रमित व्यक्ति फेला नपरेको जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार भारतको पजलीभित्ताबाट झापाको कचनकवल गाउपालिका आएका तीनजना युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु