adv

शुक्रबार पूर्वीनाका काँकरभिट्टाबाट १ सय ८२ जना नेपाल आए

काँकरभिट्टा, १६ जेठ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाल भारतसीमा क्षेत्रमा रहेका १ सय ८२ जना नेपाली शुक्रबार पूर्वी नाका काँकरभिट्टा हुदैं प्रवेश गरेका छन् ।

ती मध्ये ४८ जनालाई मेचीनगरकै विभिन्न क्वारेण्टिन र होल्डिङ सेन्टरमा राखिएकोे छ । बाकीलाई सम्बन्धित पालिकामा पठाइएको छ ।

मेचीनगर नगरपालिका कोरोना संक्रमण नियन्त्रण कार्यदलका सचिव एवम् वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले दिएको जानकारी अनुसार ३० जनालाई मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा राखिएको छ भने १४ जनालाई वडानम्बर १ को वडास्तरीय क्वारेण्टिनमा राखिएको छ । यो सँगै वडा नम्बर १ को क्वारेण्टिनमा २५ जना पुगेका छन् ।

यसैगरी वडानम्बर २ को क्वारेण्टिनमा शुक्रबार २ जना थपिएपछि अहिले त्यहा रहनेको संख्या १० पुगेको क्वारेण्टिन व्यवस्थापन समितिका संयोजक, सामाजिक विकास समितिका संयोजक तथा वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले बताए । वडानमबर ६ मा १ जना थपिएका छन् । विहिबार १२ जना रहेको वडानम्बर ११ को क्वारेण्टिनमा शुक्रबार १ जना थपिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु