झापा,१७ जेष्ठ । इलाम जिल्लाको साँखेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
ढुंगा लिन गएको मे १ त ४१०३ नम्बर ट्रयाक्टर इलाम–साँखेजुङ भित्री सडक खण्डमा करिब ३० फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक योगेश मगर सिकिस्त भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
ट्रयाक्टरमा रहेका निमा शेर्पा र आकाश राई घाइते भएका छन् । उनीहरुको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।