adv

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं ,१७ जेष्ठ । नेपालमा कोरोना संक्रमंबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार बिहान दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

तीन दिन अगाडी  ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु