adv

थप १६६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमित संख्या १५६७ पुग्यो

काठमाडौँ,१८ जेष्ठ  । नेपालमा आइतबार थप १६६ जनामा कोरोना पुष्टि  भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५६७ पुगेको छ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

नेपालमा संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका हुन् ।

भने ८ जनाको मृत्यु भइसकेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु