adv
Advertise Expired !

झापाको गौरीगञ्जका ४ जनामा कोरोना पुष्टि ,संक्रमित संख्या १११ पुग्यो

झापा,१८ जेष्ठ । झापामा आइतबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । बिराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरेको परिक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु गौरीगञ्जका पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै झापामा संक्रमितको संख्या १ सय ११ पुगेको छ । प्रदेश न १ मा १६५ पुगेको छ भने  नेपालमा कुल संक्रमित संख्या १५६७ पुगेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु