adv

कोरोनाबाट भैरहवाको भीम अस्पतालबाट २५ जना निको भएर डिस्चार्ज भए

बुटवल ,१९ जेष्ठ । रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा आईसोलेशनमा रहेका २५ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्।

निको भएर फर्किएकाहरु अधिकांश कपिलवस्तुका रहेको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरी  बताए ।

अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जसमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना रहेका छन् । उनीहरु सबैलाई गत वैशाख ३० गते कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो । डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् ।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केकाहरू हुन् ।  योसँगै प्रदेश ५ मा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७७ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु