adv

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो, १३ जना नयाँ संक्रमित थपिए

काठमाडौं ,१९ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत कुल  संक्रमित संख्या १ हजार ८ सय ११ पुगेको  जानकारी गराएका छन् ।

सोमबार साँझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु