adv
adv

बाल जागरण मञ्च नेपालद्वारा विद्यालयलाइ शैक्षिक तथा खेलकुद सामग्री वितरण

काकरभिट्टा ,१९ जेष्ठ । बाल जागरण मञ्च नेपालले मेचीनगरका विभिन्न विद्यालयका विद्यार्थीहरूलाइ शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकाे छ । प्रदेश सांसद माननिय राधा थापाकाे संसदकाेषकाे आर्थिक सहयाेगमा साे सामग्री वितरण गरेकाे हाे ।
मेचीनगरका काकरभिट्टा माद्यमिक विद्यालय, भानु मा.वि., धुलाबारी मा.वि., एभरेष्ट मा.वि. र मेची आधारभुत विद्यालयलाइ शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकाे हाे ।
विद्यार्थीहरूका लागि शैक्षिक सामग्री पुस्तक, चार्ट खेलकुद सामग्री फुटबल,क्रिकेट ब्याड लगायतका सामग्रीहरू वितरण गरिएकाे मञ्चका अध्यक्ष मनि कुमार लिम्बुले बताए ।
मञ्चले बालबालिकाकाे क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकाे छ ।
adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु