इलाम, २० जेष्ठ । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनिकरणका नेपालमा गत चैत्र ११ गते देखी नै लकडाउन जारी गरिएको छ । लकडाउन जारी भएपछि करिव ३ महिना यता विकाश निर्माणका कामहरु समेत ठप्प भएको अवस्थामा झापाको दमक देखी पाँचथरको रवि जोड्ने ‘दमक–चिसापानी–रवि’ सडकको निर्माण कार्य भने सामाजिक दुरी कायम गर्दे जारी राखिएको छ ।
प्रस्तावित फाल्गुनन्द मार्गमा काम गर्ने कामदारहरु विच सामाजिक दुरी कायम गरेर अहिले द्रुत गतीमा काम भईरहेको छ । सडक अन्तर्गतका खोला खोल्छहरुमा पुल निर्माणको कार्य देखी लिएर बाटालाई बढाउने, बाटाको साईडमा ड्रेन निर्माण गर्ने जस्ता कार्यहरु धमाधम भईरहेको छ ।
दमक–चिसापानी–रवि सडक उपोभोक्ता समितीका अध्यक्ष गगन पुरीका अनुसार सडक निर्माणको कार्य समयमा सम्पन्न गर्न अहिले पनि स्वास्थ्य शुरक्षा सतर्कता अपनाउदैँ काम जारी राखिएको छ । सकडमा पर्ने मझुवा खोलामा अहिले पुल निर्माण कार्य नयाँ प्रविधिका साथ द्रुत गतिमा भईरहेको उहाँले बताउनुभयो । इलामको माङ्सेवुङ गाउँपालिका वडा नं. ४ मा पर्ने मझुवा खोलामा पुल निर्माण भईसकेपछि यातायातका साधनलाई पथ सहज हुने अध्यक्ष पुरीले बताउनुभयो ।
सडकमा अहिले पुल निर्माण कार्यको अलावा बाटाका सतह सम्याउने (कटीङ)को कार्य पनि धमाधम भईरहेको दमक–चिसापानी–रवि सडक उपोभोक्ता समितीका बरिष्ठ उपाध्यक्ष शुशिल राईले जानकारी दिनुभयो । ठेकेदार कम्पनी संग उपोभोक्ता समितीले समन्वय गरेर लकडाउनको समयमा पनि निरन्तर काम संञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
नयाँ प्रविधीबाट मझुवा खोलाको पुल निर्माण हुँदैः
दमक–चिसापानी–रवि सडक अन्तर्गत माङ्सेवुङ ४ मा पर्ने मझुवा खोलामा नयाँ प्रविधीबाट पुल निर्माणको कार्य संञ्चालन भईरहेको छ । नेपालमा नै भर्खेरै मात्र भित्रिएको आर.एम.सि. प्रविधीबाट दु्रत गतिमा पुल निर्माणको कार्य भईरहेको सडक डिभिजन कार्यलय इलामका सव–ईन्जिनियर तेजनारायण शाहले जानकारी दिनुभयो । यो प्रविधीबाट काम गर्दा समयको वचत हुने, काम गुणस्तरिय हुने र धेरै जनशक्तिको आवश्यक्ता नपर्ने उहाँले बताउनुभयो । ४ करोड ७१ लाख ९६ हजार रुपैँयाकाे लागतमा पुल निर्माण भइरहेकाे हाे ।
उक्त पुल निर्माण कार्यको आज उपोभोक्ता समितीको एक टोलीले स्थलगत अनुगमन पनि गरेको छ । स्थलगत अनुगमनमा सहभागी टोलीले पुल निर्माण कार्यको गुणस्तरियता सान्तोषजनक रहेको बताएको छ । अनुगमनमा उपोभोक्ता समितीका अध्यक्ष गगन पुरी, वरिष्ठ उपाध्यक्ष शुशिल राई, सचिव दिलकुमार लावती, सदस्य विक्रम अधिकारी, समाजसेवी राजकुमार थापा लगायतको सहभागीता रहेको थियो ।
