काठमाडौं ,२० जेष्ठ । नेपालमा मंगलबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा विभिन्न प्रादेशिक कोरोना बिशेस अस्पतालहरुमा गरिएको परिक्षणमा २८८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमितहरु रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० जना रहेका छन् ।
यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । २६६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा मात्र ४५ जना निको भएका छन् । भने ८ जनाको मृत्यु भएको छ ।