झापा–,२० जेष्ठ । झापा जिल्लाको बुद्धआदर्श माविको क्वारेन्टिनमा बसेकामध्ये ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुद्धशान्ति गाउँपालिकाको बुद्धआदर्श माविको क्वारेन्टिनमा बसेका पाँच जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत जीवन चौलागाईले बताए ।
संक्रमितहरु झापा,पाँचथर र ताप्लेजुङका पाँच जना रहेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पनि जानकारी दिए । तीमध्ये तीन जना ४० र १८,१८ वर्षका पुरूषहरू ताप्लेजुङका हुन् बाँकी दुई जना झापाका ३० वर्षिय पुरूष र पाँचथरका २० वर्षिय पुरूष रहेको बताए । १ जना बुद्धशान्ति गाउँपालिकाकै रहेका छन् ।
क्वारेन्टिनमा रहेका १०० जनाको पिसिआरका लागि नमुना पठाइएको थियो । जसमा ७९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
बुद्धशान्ति गाउँपालिकाका संक्रमित गत जेठ १३ गते भारतको लखनउबाट आएका थिए । उनीसँगै आएका अन्य ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
अन्य जिल्लाका ४ जना भने सुनौली नाका हुँदै नेपाल प्रबेश गरेको बुद्धशान्ति स्वास्थ शाखा प्रमुख भोलाप्रसाद अधिकारीले जानकारी दिए। संक्रमित पाँचै जनालाई आइसोलेसनमा राख्न धरान लैजाने तयारी भैरहेको छ।