adv
adv

झापामा रुकुम हत्याकाण्डको विरुद्ध अर्धनग्‍न शरीरमा कोर्रा हान्दै प्रदर्शन

काँकडभिट्टा,२० जेष्ठ ।  झापाका दलित युवाहरुले रुकुम हत्याकाण्ड विरुद्ध अर्ध नग्‍न शरीरमा कोर्रा हानेर मंगलबार अपरान्ह सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

नेपाल उत्पीडित विद्यार्थी संगठनको आह्वानमा झापाको बिर्तामोडमा भेला भएका झापाका दलित युवा, विद्यार्थी र राजनीतिक दलका दलित अगुवाहरुले रुकुम घटना जातकै आधारमा नियोजित रुपमा घटाइएको आरोप लगाए । स्थानीय हनुमान सेन्टरबाट सुरु भएको विरोध प्रदर्शनले बजार परिक्रमा गरेको थियो । घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गरी दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन उनीहरुले माग गरेका छन् ।

अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकलगायत उनका ५ जना साथीमाथि गरिएको हत्या अमानवियताको पराकाष्टा भएको भन्दै यस्तो जघन्य अपराधमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरिएको थियो ।

जातका आधारमा गरिएको यस्तो जघन्य अपराध विरुद्ध झापाका दलित संघ संस्थाहरुसंगै गैरदलितहरुले समेत ऐक्यबद्धता जनाए । यसअघि हत्या विरोधमा पूर्वी नाका काँकडभिट्टामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको थियो । झापाका राजनीतिक दलहरुले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका थिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु