adv

बुधबार थप २०१ जनामा कोरोना पुष्टि ,नेपालमा कुल संक्रमित संख्या २३०० पुग्यो

काठमाडौं, २१ जेष्ठ । नेपालमा बुधबार थप २ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार  बुधबार थपिएका संक्रमितहरु  धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो संगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । भने कोरोनाबाट निको हुनेको संख्या २७८ पुगेको भने ९ जनाले ज्यान गुमाएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु