झापा ,२१ जेष्ठ । बुधबार झापामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित कमल गाउँपालिका–१ का १८ वर्षका पुरुषमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनि गाउँपालिकाको सहिद धर्मभक्त माविको क्वारेन्टिनमा रहेका थिए । केहि दिन अघिमात्र काँकरभिट्टा नाका हुँदै उनी घर आएका थिए । उनको स्वाब संकलन गरी धरान पठाइएकोमा रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
यसअघि मंगलवार बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टिनमा बसेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टि भएकाहरु पाँचथरका १ जना,ताप्लेजुंगका ३ जना र झापा बुद्दशान्तिका १ जना रहेका थिए । यो सबै गरेर झापामा कोरोना पुष्टि हुनेहरुको संख्या ११९ पुगेको छ ।
यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । ती मध्ये ४८ जना उपचार पछि निको भएका छन् ।