adv

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु,मृतक संख्या ९ पुग्यो

काठमाडौं ,२१ जेष्ठ नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको ।

उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उपचारका क्रममा उनको मृत्यु भएको बताए ।

१५ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनलाई थप उपचारका लागि टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

 यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।  यसअघि कोरोना संक्रमणका कारण ९  दिने सुत्केरी र २ वर्षीया बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु