काठमाडौं ,२२ जेष्ठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनि भारतबाट पाँचदिनअघि आएका थिए । पूर्वखोला– २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो। स्वास्थ्य मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको छ।
अस्पतालमा उनको मृत्यु भएपछी स्वाब संकलन गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
बिहीबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
साथै नेपालमा २९० जना कोरोना संक्रमणमुक्त भएका छन्।