adv

झापाका ७ जना सहित प्रदेश न १ मा ३० जना कोरोनाबाट निको भएर डिस्चार्ज भए

झापा,२२ जेष्ठ । प्रदेश न १ मा बिहिबार थप ३० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना र तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 डिस्चार्ज हुनेहरु झापाका ७ पुरुष ,उदयपुरका एक महिला र दुई पुरुष, , मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष गरी २७ जना डिस्चार्ज भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।जसमा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मीसमेत छन् ।

यो संगै प्रदेश १ मा संक्रमित भई निको हुनेको संख्या ७६ पुगेको छ । भने प्रदेश १ का १२ जिल्लामा संक्रमितको संख्या २ सय १ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु