काकारभिट्टा, २३ जेठ । मेची अभियानले पिसिआर परिक्षणका लागि संकलन गरिने स्वाब परिक्षण केन्द्र (ल्याब) सम्म पुर्याउन आवश्यक पर्ने भिटिएम ( भाइरल ट्रान्सपोर्ट मिडिया) ५ सय थान मेचीनगरमा ल्याएको छ ।
विभिन्न स्थानीय तहलाई बितरण गर्ने गरी उक्त भिटिएम ल्याइएको अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए । ५ सय थान भिटिएम र झापाका केही स्थानीय तहलाई बितरण गर्ने योजना रहेको डालमियाले बताए । ।’
झापाका स्थानीय तहहरुले भिटिएमको अभावमा भारतबाट आएकाहरुको स्वाब संकलन गरेर परिक्षणका लागि पठाउन नसकिएको अवस्थामा मेची अभियानले भिटिएम खरिद गरेर स्थानीय तहलाई निशुल्क बितरण गर्न लागेको संयोजक डालमियाले बताए ।