झापा,२३ जेष्ठ । झापामा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
संक्रमितहरु गौरादहका १ जना २० बर्षीय पुरुष,गौरिगंजका १ जना ३५ बर्षीय पुरुष र कचनकवलका १० जना १० देखि २८ बर्षका पुरुषहरु रहेका छन् ।
धरान र विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
यो संगै झापामा कचनकवलका मात्र कोरोना संक्रमितको संख्या ११३ जना पुगेको छ। झापामा कुल १३५ जना पुगेको छ । प्रदेश न १ मा २४२ जना र नेपालमा २९१२ पुगेको छ।