झापा,२३ जेष्ठ । नेपालमा पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।
संक्रमित हुनेमा सुनसरीका ८ जना, झापा १२, मोरङका ६ जना, अर्घाखाँचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना र सुनसरीका १३ जना कैलालीका ४ जना, अछामका १ जना, बझाङका १ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना, रामेछापका १ जना, गोरखाका १ जना, दाङका १ जना, सुर्खेतका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौटहटका ६ जना रहेका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
त्यसैगरी शुक्रवारसम्म ३३३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । तीमध्ये २७२ पुरुष र ६१ जना महिला छन् । भने ११ जनाको मृत्यु भएको छ ।
क्वारेन्टिनमा देशभर १ लाख ६६ हजार ७ सय ६५ जनालाई राखिएको छ ।