adv
adv

सार्वजनिक स्थान,कोरोनाका विरामी नजिक या भिडभाडमा सबैले अनिबार्य मास्क लगाउन डब्लुएचओको सुझाब

काठमाडौं ,२४ जेष्ठ । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न र बच्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मास्कका सम्बन्धमा आफ्नो सुझाव परिवर्तन गरी सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सबैसँग आग्रह गरेको छ ।

डब्लुएचओले आफ्नो परिमार्जित सुझाव मार्फत सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन सबैसँग अपिल गरेको हो ।नयाँ जानकारीहरु अनुसार मास्कले संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला छिटाहरुबाट मास्कले जोगाउन सक्ने देखिएको डब्लुएचओले उल्लेख गरेको छ ।

विश्वका केही देशहरुले यसअघि नै सार्वजनिक स्थानमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम नै लागु गरेका छन् ।

डब्लुएचओले यसअघि स्वस्थ मानिसले मास्क लगाउनु पर्ने भनेको थिएन । स्वस्थ मानिसले मास्क लगाएमा संक्रमणबाट जोगिन्छ भन्ने पर्याप्त प्रमाण प्राप्त नभएको उसको भनाई थियो । संक्रमण फैलिन नदिन संक्रमणको शंका लागेका, संक्रमण भएकाहरुको नजिक जाने, उनीहरुको स्याहार गर्ने, संक्रमण भएकाहरुले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने डब्लुएचओले बताएको थियो ।

परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमित व्यक्तिको सम्पर्कमा आउन सकिने भएकाले संक्रमणबाट जोगिने उपायका रुपमा मास्क लगाउनु पर्ने बताएको हो ।

डब्लुएचओले यसअघि नै जोखिममा रहेका र संक्रमितको स्याहार गरिरहेका व्यक्तिले मेडिकल मास्क लगाउनु पर्ने बताएको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु