झापा,२४ जेष्ठ । नेपालमा शनिबार थप ३२३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३२३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना, सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।।
नयाँ थपिएका संक्रमितहरु २८६ जना पुरुषहरु र ३७ जना महिलाहरु रहेका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । उनीहरु मध्ये ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् ।
देशभरी जम्मा ७० वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ ।