adv

नेपालमा कोरोनाबाट १३ जनाको मृत्यु भयो,३६५ जना निको भए

काठमाडौं,२४ जेष्ठ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार थप २ जनाको मृत्यु भए संगै कुल मृतक संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा .विकास देवकोटाले जानकारी दिएका हुन् ।

मृतकहरु  डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीय महिला रहेका छन् ।

 स्वास्थ्य मन्त्रालयका अनुसार ५८ वर्षीय पुरुषको जेठ २१ गते मृत्यु भएको हो । उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको नियमित मिडिया ब्रिफिङमा शनिबार  डा .देवकोटाले बताए ।

त्यसैगरी मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको जेठ २३ गते धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा मृत्यु भएको हो  र उनको  मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा  कोरोना देखिएको उनले बताए।

 त्यस्तै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६५ पुगेको छ । पछिल्लो २४ घन्टामा ३२ जना निको भएर घर फर्किएको प्रवक्ता देवकोटाकाले जानकारी दिए । जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना, डिस्चार्ज भएर घर फर्किएका हुन् ।

उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु