adv
Advertise Expired !

झापा अर्जुनधाराका २ जनामा कोरोना पुष्टि

झापा,२५ जेष्ठ ।  झापा अर्जुनधारा नगरपालिकाको क्वारेन्टिनमा रहेका दुई व्यक्तिमा  कोरोना पुष्टि भएको छ ।  संक्रमितहरु २३ र २७ वर्षका पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले  जनाएको  छ।

ति युवाहरु नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टिनमा बस्दै आएका थिए । पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो ।

क्वारेन्टिनमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टिनमा शनिबार ६ जना थपिएर ५८ जना छन् । कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए । दिल्लीबाट बाघडोग्रा एयरपोर्टहुँदै पानीटंकीबाट मेची पुलसम्म आएका उनीहरुलाई अर्जुनधाराको एम्बुलेन्सले क्वारेन्टिनमा ल्याएको थियो ।

स्थायी घर अर्जुनधारा ९ रहेका उनीहरुको रिपोर्ट पोजेटिभ आए पनि सँगै आएकी २१ वर्षीया एक महिलाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य स्रोतको भनाइ छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका व्यक्तिलाई थप ७ दिन राखिने भएको छ । उनीहरुको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएका ३७ जनालाई चाहिँ होम क्वारेन्टिनमा राखिने भएको छ ।

यो संगै झापामा कोरोना संक्रमितहरुको  संख्या १३७ पुगेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु