झापा,२५ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २१३ नयाँ संक्रमित भेटिए संगै कुल संक्रमित संख्या ३४४८ पुगेको जानकारी गराएका हुन् ।
संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
तेस्तै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४६७ रहेको छ । पछिल्लो २४ घन्टामा १०२ जना संक्रमित मुक्त भएका हुन् ।