adv

झापाका १२ जनासहित एकैदिन १०२ जना कोरोना संक्रमणबाट निको भए

झापा,२५ जेष्ठ  । नेपालमा थप  १०२ जना कोरोना भाइरसको संक्रमणबाट  निको भएर  डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०२ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार  डिस्चार्ज हुनेमा  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जना १० औँ दिनको अवधिमा  डिस्चार्ज भएका छन् ।

त्यस्तै  कलैया अस्पताल बाराबाट बाराका ३४ जना ९ देखि ११ औँ दिनको अवधिमा, बलम्बु अस्पतालबाट महोत्तरीका १ जना ९ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन् । बुटवलबाट रुपन्देही र कपिलवस्तुका २७ जना १३ देखि २७ औँ दिनको अवधिमामा, दाङबाट १० जना १५ देखि २३ औँ दिनको अवधिमा डिस्चार्ज भएका छन् । यस्तै गौरको नर्सिङ इन्स्टिट्युटबाट रौतहटका १८ जना २० औँ दिनको अवधिमा डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज भएकामध्ये  १०० जना पुरुष र २ जना महिला छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर जानेको संख्या ४६७ पुगेको छ भने १३ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु