दमक, २६ जेठ । झापाको दमक ६ मा अवस्थित विश्वाशिलो बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो कर्मचारीहरुको कोरोना स्वास्थ्य बीमा गरिदिएको छ ।
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन केही मात्रामा खुल्दै गर्दा साकोसले कोरोना विरुद्धको बीमा गरिदिएको हो । लकडाउन केहि मात्रामा खुलेसँगै सहकारीका कर्मचारीहरु पनि बचत संकलनमा बजार हिडिरहेको छ । पैसा संकलनमा हिडेको समयमा वा कार्यालयमा कोरोनाको जोखिम भने उत्तिकै छ ।
उक्त जोखिमको मध्यनजर गर्दै साकोसले प्रति व्यक्ति दुई लाख ५० हजारको बिमाङ्क रकम बराबारको बीमा विश्वाशिलो साकोसले गरिदिएको साकोसका अध्यक्ष आशिम राईले बताए । जोखिमका बाबजुत पनि कर्मचारीहरु काममा खटिरहेका छन् । कोरोना लागिहालेमा केहि राहत हुने भएकोले कार्यालयको तर्फबाट बीमा गरिएको अध्यक्ष राईले बताए ।
विश्वाशिलो साकोसले छत्र केरुङ, प्रसम्सा श्रेष्ठ, सपना चेम्जोङ, पुनम भट्टराई र आनन्द धिमालको बीमा गरेको हो । बीमितको कोरोना भाइरस (कोभिड १९) रोग पिसिआर रिपोर्ट पोजेटिभ भई कोरोना संक्रमित पुष्टि भएमा सो बीमा रकम पाउनेछ ।