adv

मेचीनगरमा १५४ जनाको स्वाब संकलन,३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

काकरभिट्टा, २६ जेठ । झापाको मेचीनगर नगरपालिकाका क्वारेन्टिनमा बसेकाहरुमध्ये १५४ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

आइतबार मेचीनगरका वडा नं. ६, ७ र १० मा भारतबाट आएर क्वारेन्टिनमा बसेका थप ५५ जनाको स्वाब संकलन गरिएको मेचीनगरका सामाजिक बिकास समिति संयोजक नविन बरालले जानकारीदिए । स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला बिराटनगर पठाइएको छ । गत शुक्रबार ९९ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइसकिएको छ ।

जसमा ३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको र थपको रिपोर्ट आउन बाँकी रहेको संयोजक बरालले बताए ।

 भारतबाट आएका ४८ जना मेचीनगरका क्वारेन्टिनमा थपिएका छन । जस मध्ये वडा नं. १ मा ४ जना, २ मा ७ जना, वडा नं. ३ मा १५ जना, ४ मा ८ जना, ५ मा ३ जना, त्यस्तै वडा नं. ६ मा २ जना, ८ मा ४ जना, ९ मा ४ जना र वडा नं. १५ मा १ जना  थपिएको बरालले बताए  ।

त्यस्तै आइतबार भारतबाट आएका ६ जनामा आरडिटी पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबै मेचीनगरका  एक महिलासहित ५ जना पुरुष रहेका छन्  । आरडिटी पोजेटिभ आएकाहरु मेचीनगर २ का ४ जना, ३ का १ जना, र ६ का १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु