adv

झापामा मेचीनगरका १ जनासहित थप १० जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, २६ जेष्ठ । झापाको मेचीनगरका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टिनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिएका हुन्  नगरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पशुपती माविको क्वारेन्टिनमा रहेका १३ जनाको गत जेठ २२ गते स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि कोशी प्रादेशीक प्रयोगशाला विराटनगर पठाइएको थियो ।  जस अन्तर्गत १ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाको पीसीआर नतिजा भने नेगेटिभ आएको छ ।

संक्रमित ब्यक्तिलाई कोभिड आइसोलेशन अस्पताल गोठगाउँ मोरङ लगिएको फोकल पर्शन चौलागाईंले बताए  ।

त्यस्तै झापाको हल्दीबारी गाउँपालिकाका २ जना र गौरीगञ्जका ७ जनामा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ । हल्दिबारिमा पनि पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो । झापामा देखिएका सबै संक्रमित भारतको दिल्ली र मुम्बईबाट आएका पुरुषहरु हुन् । झापामा यो सँगै १ सय ४८ जनामा संक्रमण देखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु