adv

कदमको “सेउपाखा बहुसाँस्कृतिक नाटकघर” बन्दै

करिब छ कराेड बढी खर्चमा निर्माण हुने नाटकघर

सुसन रूङमाहाङ राई, दमक, २६ जेठ । कदम थिएटर दमकको “सेउपाखा बहुसांस्कृतिक नाटकघर” निर्माण कार्यले गति लिएको छ । प्रदेश नं १ सरकारको उद्धोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कदमको साझेदारीमा दमक ९ स्थित कदम थिएटरलाई प्राप्त जग्गामा नाटकघर निर्माण चलिरहेको अध्यक्ष हेमन्त बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयको ६० लाख बजेट र कदमको छ लाख ५४ हजार छ सय २२ रूपैयाँ ७१ पैसा लगानीमा निर्माण कार्य चलिरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहन ढुङ्गाना (मेचीपुत्र) ले बताए । लकडाउनकाबीच उच्च स्वास्थ्य सुरक्षा अपनाएर नियमित काम भैरहेको भन्दै कदमका सचिव कमन देवानले भने -“यसै आर्थिक वर्षमा निर्धारित लक्ष्य अनुसार पहिलो चरणको काम सक्ने योजना बनाएका छौं । त्यसको निम्ति द्रुतगतिमा काम भैरहेको छ ।”

नाटकघरकाे निर्माण कार्य धमाधम हुदै

गत जेठ ८ गते मन्त्रालयमा सम्झौता गरेर काम थालिएकोमा अहिले २५ प्रतिशत बढी काम पूरा भएको उनले बताए । “जारी लकडाउनका कारण भनेको समयमा निर्माण सामग्रीको ढुवानी हुन नसक्दा समस्या भैरहेको छ”, उनले भने ।

दैनिक २० जना भन्दा बढी स्थानीय कालिगढ र मजदुर निर्माण कार्यमा जुटेका र सम्झौता अनुसार नाटकघरको चरसहित आधारभूत संरचना निर्माण हुने उपभोक्ता समितिका सचिव सन्तोष दुलालले भने ।

छ करोड बढी खर्च अनुमान सहित एउटा अत्याधुनिक नाटकघर, एउटा प्याराफिट सहितको ओपन थिएटर, छात्रावास, बकस अफिस सहितकाे नाटक घरको डिपिआर तयार भएको कदम थिएटरको थप संरचना निर्माणका लागि आउँदा आर्थिक वर्षहरुमा केन्द्र, प्रदेस र स्थानीय सरकार लगायत दातृ निकाय र अन्य सहयोगीहरुसँग आह्वान गर्ने प्रकृया जारी रहेको कदमका कला निर्देशक सिजन दाहालले बताए ।

कदम थिएटर दमक र आसपासका नाट्यकर्मीहरुको रङ्ग संस्था हो । राष्ट्रिय नाटक महोत्सवहरुमा मरिचेको चुपी र गैंडा टाइम्स पुर्णाङ्की नाटक सहित सहभागी भैसकेको कदमले नाटक मन्चन, नाट्य कार्यशाला, सडक नाटक, रेडियो नाटक लगायत विभिन्न सामाजिक जागरणमा समेत काम गर्दै आएको छ ।

सेउपाखा नाटकघर

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु