झापा ,२८ जेष्ठ । झापामा कनकाई नगरपालिकामा आज तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानीय रहेको जनाइएको छ । उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेको स्रोतले जनाएको छ । तीनै जनाको कोशी अस्पतालमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको हो ।
उनीहरु कनकाई बहुमुखी कलेजको क्वारेन्टिनमा बस्दै आएका थिए ।
यसैगरी, मेचीनगर नगरपालिकामा आज एक जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । मेचीनगर ३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ३९ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
उनको जेठ २४ गते पीसीआर टेष्ट गरिएको थियो । पीसीआर टेष्टको रिपोर्ट बुधबार पोजेटिभ आएको श्रोतको भनाई छ ।
संक्रमित सबैजना केही दिन अगाडी भारतबाट आएका हुन् । योसँगै मेचीनगरमा संक्रमित हुनेको संख्या दुई पुगेको छ ।