झापा,२८ जेष्ठ । नेपालमा बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा २ सय ७९ जना संक्रमित भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।
त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
जसमा २५७ जना पुरुष र २२ जना महिलाहरु रहेका छन् । यो संगै देशमा कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६७४ पुगेको छ भने १५ जनाले ज्यान गुमाएका छन् ।