adv

झापामा कोरोना संक्रमित संख्या १५३ पुग्यो,बुधबार थप ५ जनामा संक्रमण पुष्टि

 झापा,२८ जेष्ठ । झापामा आज बुधबार थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै झापामा कोरोना संक्रमितको संख्या १५३ पुगेको छ ।

 संक्रमितहरुमा मेचीनगर वडा नं ३ का ३९ बर्षीय पुरुष, कन्काई नगरपालिकाको वडा नं ३, ४ र ५ का १६, १७ र ३५ बर्षीय पुरुष र गौरादह नगरपालिका वडा नं ९ की २२ बर्षीय महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएका ५ जना नै भारतबाट आएको चौलागाईले बताए । संक्रमित सबैलाई कोशी कोभिड उपचार केन्द्र विराटनगर पठाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु