adv
Advertise Expired !

धरानमा उपचाररत झापाका ३० जना कोरोनाबाट निको भएर घर फर्के

झापा, २९ जेठ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत  झापाका ३० जना कोरोना संक्रमित बिहीबार निको भएर  कोरोनामुक्त भएर घर फर्किएका छन् ।

आज डिस्चार्ज भएका सबै ३० जना झापाका रहेको प्रष्ठिानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनीहरूको पछिल्लो कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुने १८ देखि ४५ वर्ष उमेर समुहका रहेका छन् । प्रतिष्ठानको आइसोलेसनमा अब ३४ जना संक्रमित उपचाररत छन् । उनीहरूको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु