adv

झापाका ३ जना सहित २५० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ४६१४ पुग्यो

झापा,२९ जेष्ठ नेपालमा बिहिबार थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा सुनसरीका ३ जना, रौटहटका ५७ जना, बाराका ७ जना, धादिङका ७ जना, सर्लाहीका ४ जना, सप्तरीका ९ जना, महोत्तरीका ४ जना, झापाको ३ जना, दाङका ८ जना, रोेल्पाका १४ जना, बाँकेका १३ जना , दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कपिलवस्तुका २ जना, प्युठानका ४ जना, रुपन्देहीका २९ जना, कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जना र नवलपरासी पश्चिमका ६ जना रहेका छन् ।

जसमा  २३० पुरुष र २० जना महिला छन् । योसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ६१२ पुगेको छ । यस्तै कोरोना भाइरसको संक्रमण निको भएर आज थप १८७ जना संक्रमित डिस्चार्ज भएका छन्। तीमध्ये ८ जना महिला र १७९ महिला छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु