adv

भारतमा एकैदिन ११ हजारबढीमा कोरोना पुष्टि,कोराना संक्रमित देशहरूको चौंथो नम्बरमा

झापा, ३१ जेठ । भारतमा पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढी कोरोना संक्रमित फेला परेका छन ।

यो समाचार तयार पार्दा सम्म पछिल्लो तथ्याङ अनुसार ११ हजार ३ सय २० संक्रमित थपिएका हुन ।भने पछिल्लो २४ घण्टामा ३८९ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ९ हजार ६ सय नाघेको छ । वल्डोमिटरको तथ्याङक अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय ९० पुगेको छ ।

संक्रमित थपिएसँगै भारत कोरोना प्रभावित देशरूको सूचीको चौथो नम्बरमा छ । भारतले पछिल्लो २४ घण्टामा बेलायतलाई उछिनेको छ । भारत भन्दा माथि रसिया, ब्राजिल र अमेरिका छन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु