adv
Advertise Expired !

नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुग्यो ,शुक्रबार ४४८ जनामा संक्रमण पुष्टि

झापा,३० जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कुल संख्या ५ हजार ६२ पुगेको  जानकारी दिएका हुन् ।

संक्रमित हुनेहरुमा मोरङका २ पुरुष, झापाका ७ पुरुष, महोत्तरीका १० पुरुष, चितवनका ८ पुरुष, धादिङका २९ पुरुष, सप्तरीका १७, उदयपुरका ३, सिरहाका ११ जना, इलामका १ जना, झापाका ६ जना, सुनसरीका १० जना, पर्वतका १३ जना, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना र तनहुँका १ जना रहेका छन् ।

त्यस्तै बर्दियाका १५ जना, बाँके १, नवलपरासी पूर्वका ४ जना, मोरङका १ जना, महोत्तरीका ६ पुरुष, धनुषाका १४ जना, सर्लाहीका ७ जना, कपिलवस्तुका ४ जना, दाङका ८ जना, दैलेखका ३८ जना, सुर्खेतका ४५ जना, अर्घाखाँचीका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जन, प्युठानका २ जना, रुपन्देहीका १६ जना, नवलपरासी पश्चिमका ४ जना, बाराका १ जना, धनुषाका १ जना, नुवाकोटका १ जना, रौटहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५० जना रहेका छन् ।

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु