दमक, ३१ जेठ । प्रधानमन्त्रीकाे गृहनगर झापाकाे दमकमा शनिबार बिहान युवाहरूले सरकार विरूद्ध विराेध प्रदर्शन गरेकाे छ । युवाहरूकाे समूहले १०० प्रतिसद पिसीआर परिक्षण गर्नु पर्ने, काेराेनाकाे नाममा भ्रष्टचार गर्नेलाई कार्वाही गर्नु पर्ने लगायतकाे माग राख्दै सरकार विरूद्ध विराेध प्रदर्शन गरेकाे हाे ।
सरकारले कोरोना भाइरस (कोभिड १९ ) महामारी रोकथाम तथा नियन्त्रणकाे नाममा लकडाउन मात्र बढाउने काम गर्याे तर नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनिहरुले विरोध प्रर्दशन गरेका हुन् ।
देश बेच्न पाइन्दैन, राष्ट्रघाती एमसीसी चाहिन्दैन, संविधानकाे पालना गरिन्छ भ्रष्ट सरकारकाे हाेइन, के पाइस नेपाली?, प्रहरी मेराे साथी लगायत लेखिएका प्लेकार्ड बाेकेर स्वतस्फूर्त रूपमा निस्किएका युवाहरूकाे समूहले बिहान १० बजे देखि दमक चाैकमा करिब १ घण्टा सांकेतिक विराेध प्रदर्शन गरेका थिए ।
सरकार काेराेना नियन्त्रण गर्नका लागि आवश्यक नीति निर्माण र कार्यन्वयनमा अग्रसर नदेखिएकाे सहभागि एक युवाले बताए । उनले भने– सरकार कुर्सी जाेगाउन र कमाउनमा नै व्यस्त देखिएकाे छ, जनता प्रति कुनै जिम्मेवार देखिएन त्यसैले सरकारलाई खबरदारी गर्न हामी सामाजिक सञ्जाल देखि सडकमा आएका छाैं । त्यससँगै अर्का सहभागिले थपे– सरकारले क्वारेन्टिनकाे नाममा चरम राजनीति र कमाइखाने खेल मात्र खेलिरहेकाे छ । १० अर्व कहाँ कहाँ खर्च भएकाे वास्तविक खर्च सरकारले हिसाव सार्वजनिक गर्नुपर्ने उनले जिकिर गरे ।
यतिबेला प्रधानमन्त्रीकाे गृहनगर दमकमा मात्र नभए देशैभरी स्वतन्त्र युवाहरूकाे समूहले सरकार विरूद्ध विराेध प्रदर्शन गरिरहेकाे छ ।