adv

समस्यामा परेका विद्यार्थीलाई राहत बितरण गरेका होऔ–अध्यक्ष रामचन्द्र राई

जेठ ३१, काठमाडौं । किरात राई विद्यार्थी संघले लकडाउनका कारण समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरेका छ । लकडाउनका कारण काठमाडाै उपत्यकामा काेठाभाडा गरि बसाेबास गर्ने समस्यामा परेका विद्यार्थीहरूलाई राहत वितरण गरिएकाे  किरात राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले बताए ।

शुक्रवार काठमाडौ ललितपुर र भक्तपुर ३ जिल्ला भित्रका विद्यार्थी मजदुर वर्गलाई ५० बोरा चामल ५० किलो दाल ५० लिटर तेल र ५० किलो नुन वितरण गरेका हो । हरेक विद्यार्थी वा मजदुरलाई एक बोरा चामल, एक केजि दाल, एक केजि नुन र एक लिटर तेलका दरले राहत वितरण गरिएको संघका सङ्गठन बिभाग प्रमुख झिल खिम्बुले राईले बताए ।

विश्व महामारी कोरोना भाईरस कोभिड १९ का कारण नेपालमा गत चैत ११ गते देखि सरकारले लकडाउन सुरु गरि अहिले सम्म जारी राखेको छ । लकडाउनका कारण उपत्यकामा पढ्न र कामको खोजिमा आएका विद्यार्थी मजदुरहरु खाद्यान्न र स्वास्थ्य समस्या झेल्न बाध्य भैरहेको यो परिस्थितिमा आफुहरुले राहत वितरण गरेर सानो सहयोग गरेको संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले बताए । यसैगरी आफुहरुको राहत वितरण कार्यक्रम पहिलो चरण सम्पन्न भएको र दोस्रो चरणमा पनि चाडै वितरण गरिने अध्यक्ष राईले जानकारी दिएका छ ।

आफू र आफ्नो सङ्गठन उत्पीडित जाती वर्गको मुक्तीका निम्ति विभिन्न हिसावले लडिरहने र लड्दै आएको उनको तर्क छ आफुहरु अधिकार प्राप्तिको मोर्चामा मात्र हैन आम नागरिकको जनजिविकाको सवालमा पनि उत्तिकै गम्भीर र सचेत रहेको अध्यक्ष राईको जिकिर छ ।

आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थी मजदुर वर्गलाई यतिवेला सवैले आफ्नो ठाउबाट सकेको सहयोग गर्नु पर्ने आवश्यकता महशुस गरि आफ्नो सङ्गठन यो अभियानमा जुटेको संघका नेताहरुले वताउने गरेका छन् ।

शुक्रबार आयोजित राहत वितरण कार्यक्रममा संघका सङ्गठन बिभाग प्रमुख झिल खिम्बुले राई अनुशासन बिभाग प्रमुख पनन राई केन्द्रिय सदस्यहरु सजिना याम्फु राई र इसाक राई साथै गन्दिप राई सहभागी भएका थिए । संघले गरेको मानविय सहयोगको यतिवेला सामाजिक संजालमा प्रंसम्सा भैरहेको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु