adv

राष्ट्रघातीको पहिचान गरेर टुँडिखेलमा झुण्ड्याउनुपर्छ : नेता राजेन्द्र महतो

काठमाडौैं : जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र महतोले राष्ट्रघातीहरुलाई टुँडिखेलमा झुण्ड्याउन माग गरेका छन् ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले देश बेचुवाहरुको पहिचान गरेर कारवाहीको माग गरेका हुन् ।

‘यहाँ देश बेचुवाहरुको खोजी हुनुपर्‍यो, राष्ट्रघातीहरुको पहिचान हुनुपर्यो’ महतोले भने, ‘यस्ता राष्ट्रघातीहरुलाई टुँडिखेलमा झुण्ड्याउनु पर्‍यो ।’

महतोले नेपालको सीमाना अहिलेसम्म कुनै नेपाली सेनाले रक्षा नगरेको तर मधेसी जनताले रक्षा गरेको दावी गरे ।

महतोले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्दै आन्तरिक राष्ट्रियता बलियो बनाउनुपर्नेमा जोड दिए । संविधानमा आफ्ना थुप्रै असहमति रहेपनि राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई जनता समाजवादी पार्टीले समर्थन रहने प्रष्ट पारे ।

महतोले नेपालको नक्सा मात्र होइन, भूमि नै फिर्ता लिन पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘हामीले सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीलाई भनेका थियौं । जमिन फिर्ता लिने नेतृत्व गर्नुहोस् हामी साथ दिन्छौं’ प्रधानमन्त्रीलाई सर्वदलीय बैठक स्मरण गराउँदै महतोले भने, ‘नक्सा मात्र होइन, प्रधानमन्त्री ज्यू जमिन पनि फिर्ता गर्नुपर्यो । हामीलाई जमिन फिर्ता चाहियो ।’ नयाँबुलन्दबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु