शिवसताक्षी, ३१ जेठ । किरात राई यायोक्खा साविका धरमपुर प्रारम्भिक कार्य समिति र नाईन स्टार युवाक्लबले संयुक्त रुपमा क्यान्सर पीडित राईलाई आर्थिक सहयोग गरेको छ ।
शिवसताक्षी ३ दिङलाधाप निवासी चतुरमान राईलाई संकलित ३५ हजार नौ सय ९५ रुपैयाँ पीडित राईको घरमा पुगेर हस्तान्तरण गरिएको यायोक्खा धरमपुरका सचिव तथा नाईन स्टार युवा क्लबका सल्लाहकार सञ्जय राईले बताए ।
किरात राई यायोक्खा साविका धरमपुर प्रारम्भिक कार्य समितिको तर्फबाट संकलित २७ हजार पाँच सय ४५ रुपैयाँ र नाईन स्टार युवा क्लब शिवसताक्षी २, ३ देवदुत चाैकबाट संकलित आठ हजार चार सय ५० रुपैयाँ एकमुष्ट रुपमा पिडित राईलाई हस्तान्तरण गरिएको हो ।

उपचारका लागि विर्तामोड, धरानका अस्पतालहरुमा पु¥याएदा क्यान्सर लागेको प्रमाणित भएको हो । तर, आर्थिक अभावका कारण थप उपचार गर्नका लागि अस्पताल जान नसकी घरमा नै बसिरहेको यायोक्खा धरमपुरका सचिव तथा नाईन स्टार युवा क्लबका सल्लाहकार सञ्जय राईले बताए ।
आर्थिक सहयोग हस्तान्तरण गर्नका लागि किरात राई यायोक्खा धरमपुरका अध्यक्ष प्रेम राई, सचिव सञ्जय राई अन्य सदस्यहरु साथै नाईन स्टार युवा क्लबका अध्यक्ष मान बहादुर थापा, सचिव गणेश खड्का, सल्लहकार नक्कलमान शेर्मा, शेर बहादुर तामाङ, गणेश राई, सन्त माबो लगायतको उपस्थिति रहेको थियो ।