adv

कोरोना संक्रमणबाट थप २ को मृत्यु , कोरोनाबाट ९१३ जना निको भए

झापा,३१ जेष्ठ । नेपालमा शनिबार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै टेस्ट पोजेटिभ आएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ९१३ पुगेको छ । पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज भएसंगै कुल संख्या ९१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

शनिबार डिस्चार्ज हुनेहरुमा नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना,आइसोलेसन सेन्टर सहपूर्व दुधुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पतालबाट ६ जना रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु