adv

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

झापा,३१ जेष्ठ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ३३५ पुगेको छ । पछिल्लो २४ घन्टामा २७३ जना नयाँ संक्रमित थपिए संगै देशभर संक्रमितको संख्या ५ हजार ३३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमीत हुनेहरुमा संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु