adv

विकासका नाममा समाधिस्थल अतिक्रमणकाे विरोधमा उत्रियाे लिम्बू विद्यार्थी मञ्च

लिम्बुवान व्यराे, ३२ जेठ । विभिन्न विकास निर्माणको नाममा लिम्बू समुदायको ऐतिहासिक समाधिस्थल अतिक्रमण भइरहेकाे कार्यकाे विराेध गरेकाे छ । ऐतिहासिक स्थलहरुमा अतिक्रमण बढेको घटनाप्रति लिम्बू विद्यार्थी मञ्चले प्रेस विज्ञप्ती जारी गर्दै साे विषयमा ध्यानाकर्षण भएको जनाएको हाे ।

पाँचथरको कुम्मायक गाउँपालिका ४ रानीगाउँमा मदन भण्डारी स्मृति पार्क निर्माण गर्ने नाममा सम्बाहाम्फे लिम्बुहरुको र तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेस्थित औंसीबजारमा हेलीप्याड निर्माण गर्ने नाममा निङलेकु र पंयाङ्गु लिम्बुहरुको समाधिस्थल नष्ट पार्ने कार्यप्रति मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

लिम्बू विद्यार्थी मंचले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालको संविधान २०७२ ले प्रदान गरेको भाषा तथा संस्कृतिक संरक्षण सम्बन्धि मौलिक हक विरुद्ध सरकार आफैं सहभागी हुनु दुःखद र अत्यन्तै भत्र्सनायोग्य कार्य भएको ठहर गरेको उल्लेख गरेको छ ।

मंचका महासचिव गुल्सन आङबुहाङद्वारा हस्तक्षरित विज्ञप्तीमा यस्तो किसिमको कार्यहरुलाई तत्काल रोकी स्थानिय वासी तथा सरोकारवला संघ सस्थाहरुको सहभागिता र सहमतिमा आवस्यक क्षतिपुर्ति र उप्रान्त यस्तो कार्य नदोहोर्‍याउने सर्तनामा सहित विवादलाई समाधान गर्न सम्वन्धित पक्षहरुसँग माग समेत गरेको छ ।

मञ्चद्वारा जारी विज्ञप्ती जस्ताकाे तस्तैः

प्रेस विज्ञप्ती

लिम्बुवानको पान्थर जिल्ला कुम्मायक गाउँपालिका वडा नं. ४ साविक रानीगाउँमा गाविस वडा नं. ६ स्थित मदन भण्डारी स्मृति पार्क निर्माण गर्ने नाउमा सम्बाहाम्फे लिम्बुहरुको र तेह्रथुम जिल्ला फेदाप गा.पा. वडा नं. १ साविक सिम्ले गा.वि.स. वडा नं. ५ औंसीबजार स्थित हेलीप्याड निर्माण गर्ने नाउमा निङलेकु र पंयाङ्गु लिम्बुहरुको समाधि स्थललाई नष्ट पार्ने कार्य भईरहेको प्रति लिम्बु विद्यार्थी मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधान २०७२ ले प्रदान गरेको भाषा तथा सस्कृतिक संरक्षण सम्बन्धि मौलिक हक विरुद्ध सरकार आफै सहभागी हुनु दुःखद र अत्यन्तै भत्र्सना योग्य कार्य भएको लिवि मञ्चको ठहर छ । यस किसिमको कार्यहरुलाई तत्काल रोकी स्थानिय वासी तथा सरोकारवला संघ सस्थाहरुको सहभागिता र सहमतिमा आवस्यक क्षतिपुर्ति र उप्रान्त यस्तो कार्य नदोहा¥याउने सर्तनामा सहित विवादलाई समाधान गर्न सम्वन्धित पक्षहरुसग जोडदार माग गर्दछौं । नोटः– सरकारले लिम्बुहरुको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सास्कृतिक स्थलहरुलाई विभिन्न बहानामा नष्ट पार्ने कार्यलाई तिब्रता दिएको र त्यस प्रकारको कार्ययोजनाहरु घटिसकेकोे वा घटिरहेको अवस्थामा मात्र जानकार हुन सकिएकोले त्यस प्रकारको धूर्त र छटेलपुर्ण कार्यहरु प्रति कडा निग्रानी राखी तत्काल प्रतिकारको स्थिति सृजना गर्न विशेष गरेर लिम्बु युवा विद्यार्थीहरुमा अपिल गर्दछौं ।

मिति २०७७/२/३०

…………………..

गुल्सन आङबुहाङ

महासचिव

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु