चुलाचुली, ३२ जेठ । चुलाचुली मिडिया प्रा.लि. को प्रस्तुती तथा लगानिमा निर्माण भइरहेकाे वेव श्रृङखला ‘सेवारो बाजे’को चाैथाे भाग सार्वजनिक भएकाे छ ।
ग्रामिण क्षेत्रमा सेवाराे बाजे टिमकाे याे प्रयासले गाउँघरमा सचेतना फैलाउने काम गरिरहेकाे छ । कथाका केन्द्र पात्रकाे रूपमा रहेकाे सेवाराे बाजेले लिम्बु लवजमा सबैलाई जाने बुझेका कुरा सिकाइरहेका हुन्छन् । बाजेकाे बाेलीसँगै आउने आ..का.. हाै थेगाेले संवादलाई सुनमा सुगन्ध थपेकाे पाउन सकिन्छ ।
गाउँ छाडेर परदेश गएकाे सेवाराे बाजेकाे छाेरा लामाे समयसम्म घर फर्केकाे छैन । सेवाराे बाजे घरी घरी छाेराेलाई सम्झिरहन्छन् त घरी सपनामा समेत छाेराेले बाेलाएकाे, छाेराे घर आएकाे दृष्यले भावुक समेत बनाउछन् ।
सेवाराे बाजे टिमले प्रत्येक श्रृङखलाबाट केहि न केहि शिक्षा दिरहेकाे हुन्छ । यस श्रृङखलामा पनि वडा तथा गाउँपालिकाकाे बजेट तर्जुमा गर्ने लगायतकाे कुरालाई उठान गर्ने प्रयत्न गरिएकाे छ ।
यस वेव श्रृङखलामा कलाकारहरू राज फागो (सेवारो बाजे), केशव भुजेल, राजिन सिगु, चन्द्र दंगाल, पूर्ण ठटाल, मनिसा विश्वकर्मा, एमके याेङहाङ, वर्षा दियाली र सेवाराे बाजेकाे नातीकाे भुमिकामा दिपेश मगर रहेका छन् ।
लाईटमा नारायण न्यौपाने रहेका छन् भने छाँयाकन साथै भिडियो सम्पादन संजय वि.क.काे रहेकाे छ । कथा परिकल्पना तथा निर्देशन सेवारो बाजे टिमकाे रहेको छ ।
लकडाउनको समयलाई सदुपयोग गरेर निर्माण गरिएको वेव श्रृङखला हरेक शनिबारको साँझ ७ः३० बजे चुलाचुली मिडियाको अफिसियल युटुव च्यानल मिडिया चुलाचुली अनलाइन टिभिमा हेर्न सकिन्छ ।