adv

एकै दिन ४२५ जनामा कोरोनासंक्रमण पुष्टि,नेपालमा कुल संक्रमित ५७६० पुग्यो

झापा,३२ जेष्ठ ।  नेपालमा आइतबार एकैदिन थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसर २४ घन्टामा ४२५ जना नयाँ संक्रमित थपिएको हो ।

संक्रमित हुनेहरुमा मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७,बाराका ९,सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका ४, बझाङका ५, डडेलधुराका २४, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुमका १, प्युठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९ ,सिन्धुलीका १ र धादिङका २५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा संक्रमितमध्ये ३७५ पुरुष ५० महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६०  पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु